NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना जारी गर्दै रिक्त पदमा दरखास्त आह्वान गरेको हो ।

कात्तिक २४ गते स्वीकृत पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।

सूचनाअनुुसार, कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा प्रथम पटक सूचना प्रकाशित भएके मितिले १० दिनभित्र आवेदन दिन सकिने छ ।

आवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दिनुपर्नेछ । त्यसैगरी, अनलाइन माध्यमबाट पनि दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष