पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना जारी गर्दै रिक्त पदमा दरखास्त आह्वान गरेको हो ।
कात्तिक २४ गते स्वीकृत पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।
सूचनाअनुुसार, कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा प्रथम पटक सूचना प्रकाशित भएके मितिले १० दिनभित्र आवेदन दिन सकिने छ ।
आवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दिनुपर्नेछ । त्यसैगरी, अनलाइन माध्यमबाट पनि दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ ।
ताजा अपडेट
-
हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
-
आज सातै प्रदेशले बजेट ल्याउँदै, पूर्वाधार निर्माण प्राथमिकतामा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो



प्रतिक्रिया