खुमलटारमा माओवादीको सचिवालय बैठक जारी
काठमाडौं । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक अहिले जारी छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
बैठक उपनिर्वाचनका विषयमा केन्द्रित रहेको नेताहरूले बताएका छन् । स्थानीय तहको उपनिर्वाचन यही मंसिर १६ गते हुँदैछ ।निर्वाचनमा तालमेल नगरी एक्लै लड्ने सैद्धान्तिक निर्णय गरेको माओवादीले केही स्थानको उम्मेदवार टुंगो लगाए पनि केहीको बाँकी छ ।
त्यस्तै सरकारविरोधी प्रदर्शनबारे पनि बैठकमा छलफल भइरहेको छ । माओवादी केन्द्रले स्थानीय स्तरबाटै सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।


प्रतिक्रिया