सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा
धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताए ।
नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै उनले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताए।
प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट गरे । समारोहमा स्नातक तहका ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया