दश हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिइने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरुको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन गर्न लागेको हो ।
‘‘महानगरमा बस्ने किशोरीहरु ढुक्ककासाथ जुनसुकै बेला हिँडडुल गर्न सकुन् । कुनै प्रकारको आत्मविश्वासको कमी नहोस् भनेर आत्मरक्षा तालिम दिन लागेका हौँ,’’ वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले भने, ‘‘महानगरमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिने छ ।’’
महानगरका अनुसार महानगरभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीसहित अन्य किशोरी तालिममा सहभागी गराइने छ । भोलि बुधबार वीरगञ्जको आर्दशनगरस्थित रङ्गशालामा करिब १२ हजार बढी किशोरी तथा महिलाहरुलाई आत्मरक्षाको तालिम सञ्चालन गर्ने तयारी छ ।
वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले तालिमले किशोरीलाई आत्मरक्षा गर्न सिकाउने बताए । भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक चिता राजनेश शेट्टिसहितको टिमले प्रशिक्षण दिने कार्यक्रम छ ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले १० हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिएर ‘गिनिज वल्र्ड रेकर्ड’ मा विश्व किर्तीमान कायम गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया