पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनहरूले अब डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने भएको छ ।
लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा आउने भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गर्न लागेको हो ।
पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराईज बैंकमा भेटी खाता सञ्चालन गरेको र उक्त खाताको ‘क्यूआर कोड’मार्फत भक्तजन तथा दाताहरूले भेटी जम्मा गर्न मिल्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनका अनुसार आज लक्ष्मी सनराईज बैंक ताप्लेजुङ शाखाका प्रबन्धक अनिल श्रेष्ठले पाथीभरा क्षेत्र विकास समितिलाई क्यूआर कोड हस्तान्तरण गरेका छन् ।
समितिका अनुसार उक्त क्यूआर कोड तत्काल पाथीभरा मन्दिर परिसरमा राखिने छ । जसले भक्तजनलाई सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । मन्दिर क्षेत्रमा मोबाइल नेटवर्क उपलब्ध भए पनि इन्टरनेटको सुविधा राम्रो नभएकाले टेलिकमसँग समन्वय गरी इन्टरनेट विस्तार गरिने जनाइएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया