पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनहरूले अब डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने भएको छ ।
लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा आउने भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गर्न लागेको हो ।
पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराईज बैंकमा भेटी खाता सञ्चालन गरेको र उक्त खाताको ‘क्यूआर कोड’मार्फत भक्तजन तथा दाताहरूले भेटी जम्मा गर्न मिल्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनका अनुसार आज लक्ष्मी सनराईज बैंक ताप्लेजुङ शाखाका प्रबन्धक अनिल श्रेष्ठले पाथीभरा क्षेत्र विकास समितिलाई क्यूआर कोड हस्तान्तरण गरेका छन् ।
समितिका अनुसार उक्त क्यूआर कोड तत्काल पाथीभरा मन्दिर परिसरमा राखिने छ । जसले भक्तजनलाई सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । मन्दिर क्षेत्रमा मोबाइल नेटवर्क उपलब्ध भए पनि इन्टरनेटको सुविधा राम्रो नभएकाले टेलिकमसँग समन्वय गरी इन्टरनेट विस्तार गरिने जनाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया