काठमाडौं–१६ मा रोजिना बनिन् रास्वपाको उम्मेदवार
काठमाडौँ । काठमाडौं महानगर वडा नम्बर १६ को वडाअध्यक्ष पदको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवार हुनका लागि ६ जनाले नाम दर्ता गराएकामा रोजिनाको नाममा सहमति जुटेको हो । काठमाडौँ–७ को क्षेत्रीय सभापति समेत रहेकी श्रेष्ठ व्यवसायी समेत हुन् । कानुनमा स्नातकोत्तर गरेकी श्रेष्ठ सामाजिक कार्यमा सक्रिय छिन् ।
नेकपा एमालेले यस वडामा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले मीन बहादुर मानन्धरलाई उम्मेदवार तोकेको छ । काँग्रेस र माओवादीले भने अझै तय गर्न सकेका छैनन् ।
दुई वर्षअघिको निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष मुकुन्द रिजालको गत भदौमा निधन भएपछि निर्वाचन हुन लागेको हो ।


प्रतिक्रिया