प्रकाश भुजेलको गाडीको ठक्करबाट माओवादी नेताको मृत्यु

काठमाडौं । ‘भाइरल झाँक्री’ प्रकाश भुजेलले चलाएको गाडीले ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ । उपचारको क्रममा ग्राण्डी अस्पतालमा बुधबार मृत्यु भएको हो । नगकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् ।
दुर्घटनामा नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनी मोटरसाइकलको पछाडि सवार थिइन् । उनको अवस्था गम्भीर छ ।
मंगलबार साँझ शंखरापुर–९ इन्द्रायणीमा उनले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार नगरकोटी दम्पत्ति गम्भीर घाइते भएका थिए । भुजेलले भने बुधबार प्रहरीमा आत्मसमर्पण गरेका छन् । दुर्घटनापछि उनी फरार भएका थिए । स्थानीयले सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया