विश्वकप छनोटमा हार्यो अर्जेन्टिना
काठमाडौं । फिफा विश्वकप फुटबल छनोटमा पाराग्वेसँग अर्जेन्टिना पराजित भएको छ । दक्षिण अमेरिका छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना २–१ गोल अन्तरमा पराजित बनेको हो ।
पाराग्वेसँग पराजित भए पनि अर्जेन्टिना अंक तालिकामा भने शीर्ष स्थानमा छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो । तर त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्यो ।
अर्जेन्टिनाका लागि लाउतारो मार्टिनेजले ११औं मिनेटमा गोल गर्दै अग्रता बनाएकोमा १९औं मिनेटमा पाराग्वेका एन्टिनियो सानाब्रियाले गोल गर्दै टिमलाई खेलमा फर्काए ।
त्यसपछि दोस्रो हाफको ४७औं मिनेटमा ओमार अल्डेरेटेले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाए । तर त्यसपछि अर्जेन्टिनाले गोलको अवसर पाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।
योसँगै अर्जेन्टिना ११ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा छ भने पाराग्वे १६ अंकका साथ छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया