विश्वकप छनोटमा हार्यो अर्जेन्टिना
काठमाडौं । फिफा विश्वकप फुटबल छनोटमा पाराग्वेसँग अर्जेन्टिना पराजित भएको छ । दक्षिण अमेरिका छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना २–१ गोल अन्तरमा पराजित बनेको हो ।
पाराग्वेसँग पराजित भए पनि अर्जेन्टिना अंक तालिकामा भने शीर्ष स्थानमा छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो । तर त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्यो ।
अर्जेन्टिनाका लागि लाउतारो मार्टिनेजले ११औं मिनेटमा गोल गर्दै अग्रता बनाएकोमा १९औं मिनेटमा पाराग्वेका एन्टिनियो सानाब्रियाले गोल गर्दै टिमलाई खेलमा फर्काए ।
त्यसपछि दोस्रो हाफको ४७औं मिनेटमा ओमार अल्डेरेटेले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाए । तर त्यसपछि अर्जेन्टिनाले गोलको अवसर पाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।
योसँगै अर्जेन्टिना ११ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा छ भने पाराग्वे १६ अंकका साथ छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया