तनहुँका विभिन्न स्थानमा धमाधम पूर्वाधार निर्माण हुँदै
तनहुँ । जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका–७ र ८ जोड्ने कालिका मार्ग र बुल्दी खोलामा पक्की पुल निर्माण गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएका एक सय ७९ वटा योजनामध्ये क्रमगत ३३ र बहुवर्षीय ४१ वटा आयोजना सञ्चालनमा छन् । उक्त कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार ती आयोजनाका लागि रु एक अर्ब ४० करोड ५९ लाख ८० हजार विनियोजन भएको छ ।
तनहुँको दासढुङ्गा शालिकराम करिडोर लोकगमार्गमा तीन वटा प्याकेजमा काम भइरहेको छ । जिल्लाको बैडीबाट देवघाटसम्मको साढे २१ किमी पहिलो प्याकेजअन्तर्गत काम जारी छ । दोस्रो प्याकेजमा १० किमी र तेस्रो १६ किमी निर्माण हुनेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया