कामपाले अब सवारीसाधनको प्रदूषण जाँच गर्ने, मापदण्डविपरीत भेटिए हरेकपालि १००० जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भएर गुड्ने सवारीसाधनको प्रदूषण चेकजाँच गर्ने भएको छ । चेकजाँचमा सवारीसाधन मापदण्डविपरीत भेटिए जरिवाना गर्ने महानगरपालिकाको तयारी छ ।
बढ्दो वायु प्रदूषणलाई न्यूनीकरण गर्न महानगरपालिकाले काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ जारी गरेको छ । सोही मापदण्डअनुसार आफ्नो क्षेत्र भएर गुड्ने सवारीसाधनहरूको महानगरपालिकाले प्रदूषण चेकजाँच गर्न लागेको हो ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सवारीसाधनबाट उत्सर्जन हुने धुँवा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले प्रदूषण चेकजाँच कार्यलाई अघि बढाउन लागिएको जनाएको छ ।
महानगरपालिकाका अनुसार यस्तो जाँचका क्रममा सवारीसाधन मापदण्डविपरीत पाइए प्रत्येक पटक एक हजार रूपैयाँ जरिवाना हुनेछ । महानगरपालिकाको आर्थिक ऐनमा प्रदूषण चेकजाँचमा फेल भएका सवारीसाधनलाई प्रत्येक पटक एक हजार रूपैयाँ जरिवाना गर्न सकिने व्यवस्था छ ।
संघ तथा स्थानीय सरकारले सवारीसाधनको प्रदूषण मापदण्ड तोके पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा काठमाडौं उपत्यकामा मापदण्डविपरीतका सवारीसाधन गुडिरहेका छन् । महानगरपालिकाले कडाइका साथ चेकजाँच अघि बढाएमा त्यस्ता सवारीसाधन सञ्चालनमा कमी आई प्रदूषण नियन्त्रणमा समेत सहयोग पुग्नेछ ।
महानगरपालिकाले धुँवा उत्सर्जन गर्ने उद्योग, कलकारखानालाई पनि वायु प्रदूषण नियन्त्रणसम्बन्धी तोकिएको मापदण्ड अनिवार्य पालना गर्न सचेत गराएको छ ।
‘… वायु प्रदूषण नियन्त्रणसम्बन्धी तोकिएको मापदण्ड अनिवार्य रूपमा धुँवा उत्सर्जन गर्ने उद्योग, कलकारखाना, सवारीसाधन आदिमा पालना गर्न अनुरोध गरिन्छ,’ महानगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया