एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुंगो लगाएको छ ।
पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिए। उनका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ ।
कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताहरूको कार्यविभाजन गरिएकाले सङ्गठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उनले बताए । पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इञ्चार्ज तोकिएको छभने अन्य नेताहरूको कार्यविभाजन पनि गरिएको जनाइएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया