उपनिर्वाचन : त्रिपुरासुन्दरी-५ मा माओवादी केन्द्रका झाँक्री विजयी

ठूलीभेरी । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा उनी एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
विजयी झाँक्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरे ।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण २०८० माघमा निधन भएको थियो । त्यतिबेला उनले माओवादी केन्द्रका जङ्गबहादुर रोकायलाई पराजित गरेका थिए ।
ताजा अपडेट
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
प्रतिक्रिया