नेपाल प्रहरीका तीन पदमा १२२३ जनशक्ति माग (विज्ञापनसहित)
काठमाडौं । नेपाल प्रहरीको तीन पदमा १२२३ जनशक्ति माग गरिएको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी जवान, कार्यालय सहयोगी र कुचिकार पदमा आवेदन मागिएको हो ।
प्रहरी जवान पदमा सबैभन्दा धेरै १ हजार १६५ सिटमा आवेदन मागिएको छ । त्यस्तै प्रहरी कार्यालय सहयोगी (भान्छे) मा ४७ र कुचिकारमा ११ जनशक्ति मागिएको छ । भान्छेतर्फ ३ सिट दलितलाई पनि छुट्याइएको छ ।
आवेदन ७७ वटै जिल्ला प्रहरी कार्यालय, सात वटा प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी परिसर, काठमाडौं, ललितपुर र भक्तपुरबाट दिन सकिने नेपाल प्रहरीको मानव स्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले जनाएको छ ।
जवानतर्फ १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको र कार्यालय सहयोगीतर्फ १८ वर्ष पूरा भई २५ वर्ष पूरा नभएको हुनुपर्नेछ । प्रहरी प्रधान कार्यालयले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई यही मंसिर २७ देखि माघ ७ गतेसम्म आवेदन दिन अनुरोध गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने



प्रतिक्रिया