कमेरोटार जग्गा एकीकरण आयोजनाले निर्माण कम्पनीलाई दियो ठेक्का तोड्ने चेतावनी
काठमाडौं । कमेरोटार जग्गा एकीकरण आयोजनाले निर्माण कम्पनीबाट काम अघि नबढेको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको छ ।
श्रेष्ठ/नागार्जुन/मुडभरी एण्ड जोशी जे.भीले ठेक्का नं. केएलपिपि०२/०७६ को काम अघि नबढाएपछि आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको हो ।
पटक–पटक म्याद थप गर्दा समेत निर्माण कम्पनीले कार्य अघि बढाउन तदारुकता नदेखाएकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको आयोजनाको भनाइ छ ।
आयोजनाले अपुरो काम छिटो सक्नका लागि अद्यावधिक कार्यतालिकासहित स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धता लिएर १५ दिनभित्र सम्पर्कमा आउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । अन्यथा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र ठेक्का सम्झौताबमोजिम ठेक्का तोडेर कालोसूचीमा राखी धरौटी जफत गर्ने, जरिवाना गराउने लगायत प्रक्रिया थाल्ने चेतावनी आयोजनाको छ ।
‘…उपभोक्त अवधिमा कार्य सम्पन्न गर्ने तदारुकता नदेखाइएमा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ र ठेक्का सम्झौतामा प्रावधान भएबमोजिम ठेक्का सम्झौता तोडी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत अग्रिम भुक्तानी जमानत, धरौटीबापतको रकम जफत गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च र निर्माणस्थल सुरक्षामा लाग्ने खर्चसमेत सरकारी बाँकी बक्यौता मानी असुलउपर गर्नेतर्फ कारबाही अघि बढाइने जानकारी समेत गराइन्छ,’ आयोजनाद्वारा जारी सूचनामा भनिएको छ ।
श्रेष्ठ/नागार्जुन/मुडभरी एण्ड जोशी जेभीसँग आयोजनाले ०७८ पुस ३० गतेसम्म कार्य सम्पन्न गर्नेगरी ०७६ माघ १ गते आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । तर कबोलअनुसार काम निर्माण कम्पनीबाट नभएपछि तीन पटकसम्म म्याद थप गरिएको छ । पछिल्लो पटक ०८२ वैशाख ३१ सम्म कार्य सम्पन्न गर्नेगरी म्याद थप गरिएकाे भए पनि निर्माण कम्पनीले पछिल्लो १० महिनायता कुनै कार्य अघि बढाएको छैन ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया