NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ १२ गते

रौतहटमा सवारी दुर्घटना, ८ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । रौतहटमा स्कार्पियो गाडी दुर्घटनामा पर्दा ८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

निजगढबाट चपुरतर्फ जाँदै गरेको बा१६च ३१६२ नंम्बरको स्कार्पियो मंगलबार बिहान चन्द्रपुर नगरपालिका–४ स्थित धन्सार पुल नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, रौतहतका अनुसार, दुर्घटनामा सिराहा अर्नामा गाउँपालिका–३, बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा, सोही स्थानकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका–५, बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादवको मृत्यु भएको छ ।

दुर्घटनाका घाइते ५ जनालाई उद्धार गरी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।