NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

देशका चार स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । देशका अलग–अलग चार स्थानमा भएका दुई सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कैलालीका तीन र रुकुमपूर्वको एक स्थानमा भएको सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएका हुन् ।

कैलालीको टीकापुर नगरपालिका–८, गोदावरी नगरपालिका–४ र धनगढी उपमहानगरपालिका–१८ मा भएका सवारी दुर्घटनामा तीन जनाएको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार, हुलाकी सडकखण्डअन्तर्गत टीकापुर नगरपालिका–८, फाँटामा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय विनोद चौधरी, भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–४ मा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किंदा कञ्चनपुरको शुक्लाफँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महरा र धनगढी उपमहानगरपालिका–१८, डिपो बजारमा डल्लबसँग मोटरसाइकल ठोक्किंदा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते तीनै जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

उता, रुकुमपूवको सिस्ने गाउँपालिका–६, खोपिचारमा गएराति अटो रिक्सा दुर्घटना हुँदा १२ वर्षीया विष्णु बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई जिल्ला अस्पताल रुकुमपूर्व लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाका चार घाइतेलाई गएराति नै उद्धार गरी अस्पताल पुर्याइएको छ ।