माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा अहिले बिहान ११ बजे बैठक बस्न लागेको हो ।
केन्द्रीय समिति बैठकको एजेण्डाबारे छलफल गर्न बैठक डाकिएको सो पार्टीले जनाएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यही पुस २ गतेदेखि बस्ने तय छ ।
त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा फर्काएर दिने जिम्मेवारी, पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन लगायत अन्य विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । दई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका पुन अवकाशपूर्ण जीवन बिताउन छाडेर फेरि राजनीतिमा फर्किन चाहेका छन् । अध्यक्ष प्रचण्डले पनि पार्टीभित्रको सन्तुलन मिलाउन उनलाई राजनीतिमा फर्काउन लागेको बताइन्छ । पुन राजनीतिमा फर्कन चाहेको चर्चासँगै सबैको साझा बनेर बस्नुपर्ने व्यक्तिले गलत बाटो समात्न लागेको भन्दै चिन्ता व्यक्त भइरहेका छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया