NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ १२ गते

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

पुनलाई जिम्मेवारी दिनेबारे छलफल हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा अहिले बिहान ११ बजे बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकको एजेण्डाबारे छलफल गर्न बैठक डाकिएको सो पार्टीले जनाएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यही पुस २ गतेदेखि बस्ने तय छ ।

त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा फर्काएर दिने जिम्मेवारी, पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन लगायत अन्य विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । दई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका पुन अवकाशपूर्ण जीवन बिताउन छाडेर फेरि राजनीतिमा फर्किन चाहेका छन् । अध्यक्ष प्रचण्डले पनि पार्टीभित्रको सन्तुलन मिलाउन उनलाई राजनीतिमा फर्काउन लागेको बताइन्छ । पुन राजनीतिमा फर्कन चाहेको चर्चासँगै सबैको साझा बनेर बस्नुपर्ने व्यक्तिले गलत बाटो समात्न लागेको भन्दै चिन्ता व्यक्त भइरहेका छन् ।