सेयर बजारमा कमाउने सूत्र र गुमाउने कारण के हो ?
काठमाडौं । छोटेलाल रौनियार । सेयरबजारका एक अनुुभवी र सफल लगानीकर्ता हुन्। पछिल्लो १५ वर्षदेखि सेयरमाबजारमा सक्रिय छोटेलालको यो यात्रा कलेज जीवनदेखि नै सुरु भएको हो ।
आइपिओबाट पुँजीबजारमा प्रवेश गरेका छोटेलालपछि दोस्रोबजारमा हेलिए जतिबेला आइपिओमा गरेको लगानी नै १ करोड ५० लाख रूपैयाँ पुगिसकेको थियो ।
बुवाआमाले खाजाका लागि उपलब्ध गराएको रकम जोगाएर आइपिओमा लगानी गर्नुभएका रौनियार ०६८ मा नेप्से परिसूचक ३७०/८० को हाराहारी हुँदा दोस्रो बजारमा प्रवेश गरेका थिए । सेयरबजारको अनेक उतारचढाव देखिसकेका रौनियारलाई सुरुमा बजारबारे ज्ञान थिएन । सुरुमा त उनका केही लगानी डुबे पनि । तैपनि बजारबाट बाहिर निस्कने सोच कहिल्यै आएन रौनियारलाई ।
सेयर बजारमा अवान्छित चलखेल हुुनुुहँदैन् भन्ने धारणा राख्ने रौनियारले बजारको वेथिति अन्त्य गर्नेदेखि यससम्बन्धी नीति निर्माण कार्यसम्मका लागि सरकार र राज्यका निकायलाई झक्झक्याउँदै आइरहेका छन् ।
रौनियारले गरेका धेरै प्रयास सफलसमेत भएका छन् । अनलाईन टिएमएस प्रणाली त्यसैमध्येको एउटा उदाहरण हो । सेयर बजारमा १० कित्ते नीतिको सुरुवातसमेत उनकै पहलमा भएको थियो ।
नेप्से, सिडिएसी र ब्रोकरले लिने कमिसन कम हुनुपर्ने मागको पहलमै अहिले ब्रोकरको कमिसनमा समायोजन भइसकेको छ । ‘कुरा पैसाको’ नयाँ अंकमा कार्यक्रम प्रस्तोता निरज गिरीले नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्षसमेत रहेका छोटेलालसँग पुँजीबजारका विविध विषय तथा आयाममाथि छलफल गरेका छन् ।
हेराैं छलफलकाे पूरा भाग :
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया