आज एनपिएलको महाभिडन्त, कसको पोल्टामा पर्ला उपाधि ?

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।
दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् ।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको जनकपुर सुरुदेखि नै लयमा छ । जारी एनपिएलमा उसले एक खेलबाहेक अन्यमा हार ब्यहोर्नुपरेको छैन ।
जनकपुर पनि सुरुमा जितसहित सशक्त टिमका रूपमा अघि बढेको थियो । तर चार खेलपछि उसले आफ्नो पुरानो लय कायम गर्न सकेको देखिँदैन ।
सुदूरपश्चिम र जनकपुरबीच आज हुने फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया