आज एनपिएलको महाभिडन्त, कसको पोल्टामा पर्ला उपाधि ?
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।
दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् ।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको जनकपुर सुरुदेखि नै लयमा छ । जारी एनपिएलमा उसले एक खेलबाहेक अन्यमा हार ब्यहोर्नुपरेको छैन ।
जनकपुर पनि सुरुमा जितसहित सशक्त टिमका रूपमा अघि बढेको थियो । तर चार खेलपछि उसले आफ्नो पुरानो लय कायम गर्न सकेको देखिँदैन ।
सुदूरपश्चिम र जनकपुरबीच आज हुने फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया