पुँजीबजारबाट फाइदा लिन कस्ता कम्पनी छान्ने ?
काठमाडाैं । ग्लोबल आईएमई क्यापिटलका पूर्व प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले राम्रा कम्पनीमा लगानी गर्दा पुँजीबजारबाट मुनाफा गर्न सकिने बताएका छन् ।
फाइनान्सियल लिट्रेसी नेपालसँगको सहकार्यमा नेपालवाचद्वारा निर्मित टेलिभिजन कार्यक्रम कुरा पैसाकोमा आफ्ना धारणा राख्दै ढकालले राम्रा कम्पनीमा लगानी गर्दा पछुताउनु नपर्ने बताएका हुन् ।
यद्यपि, उनले पुँजीबजार जोखिमको क्षेत्र भएकाले सुझबुझपूर्ण ढंगबाट कारोबार गर्न सुझाए ।
‘पुँजीबजार जोखिमको क्षेत्र हो, तर राम्रा कम्पनी छानेर लगानी गर्दा यसबाट मुनाफा आर्जन गर्न सकिन्छ,’ उनले भने ।
पुँजीबजारका आयामहरूमाथि मन्थन गरिएको यो श्रृंखलामा ढकालले पुँजीबजारमा लगानी गरेर कमाउने टिप्सहरू पनि बाँडेका छन् ।
आउनुहोस् लागौं, प्रस्तोता नीरज गिरी र ढकालबीचको भिडियो कुराकानीतिर :
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया