बझाङमा फेरि अर्को जीप दुर्घटना, चालकको मृत्यु

चैनपुर । मष्टा गाउँपालिका–१, कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए ।
बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उनले बताए । जीप सडकबाट करिब सय मिटर तल खसेको छ ।
जीपमा चालक थापा मात्र थिए ।
बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया