अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको ज्यान गएको छ । भर्जिनियाको स्यान्टिल्लीस्थित विन्डम होटल परिसरमा रहेको पोखरीमा कार खस्दा दुई नेपालीको ज्यान गएको हो ।
अमेरिकी प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले दुर्घटनामा कर्ण खड्का र निश्चल भट्टको मृत्यु भएको जनाएका छन् ।
कार चालक खड्काले होटल परिसरमा कार पार्किङ गर्ने क्रममा चिप्लिएर पोखरीमा डुब्न पुगेको बताइएको छ ।
दुर्घटनाको केहीबेरपछि उनीहरूको उद्धार प्रयास गरिए पनि सफल हुन सकेन । मृतकका आफन्तले समयमै उद्धार हुन नसक्दा उनीहरूको ज्यान गएको गुनासो गरेका छन् ।
मृतक खड्का केही समयदेखि सोही होटलमा हाउस किपिङको काम गर्दै आइरहेका थिए । नातामा खड्काको भान्जा पर्ने भट्ट भने सोही होटलमा काम गर्ने विषयमा कुरा गर्न आएका थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया