अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
काठमाडौं । अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको ज्यान गएको छ । भर्जिनियाको स्यान्टिल्लीस्थित विन्डम होटल परिसरमा रहेको पोखरीमा कार खस्दा दुई नेपालीको ज्यान गएको हो ।
अमेरिकी प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले दुर्घटनामा कर्ण खड्का र निश्चल भट्टको मृत्यु भएको जनाएका छन् ।
कार चालक खड्काले होटल परिसरमा कार पार्किङ गर्ने क्रममा चिप्लिएर पोखरीमा डुब्न पुगेको बताइएको छ ।
दुर्घटनाको केहीबेरपछि उनीहरूको उद्धार प्रयास गरिए पनि सफल हुन सकेन । मृतकका आफन्तले समयमै उद्धार हुन नसक्दा उनीहरूको ज्यान गएको गुनासो गरेका छन् ।
मृतक खड्का केही समयदेखि सोही होटलमा हाउस किपिङको काम गर्दै आइरहेका थिए । नातामा खड्काको भान्जा पर्ने भट्ट भने सोही होटलमा काम गर्ने विषयमा कुरा गर्न आएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया