परिवारलाई धनी बनाउन पारिवारिक बजेट बनाउने तरिका
काठमाडाैं । पारिवारिक बजेट परिवारको आम्दानी र खर्चको लेखाजोखा हो । जसले आवश्यकता अनुसार परिवारको खर्च र वित्तीय लक्ष्यहरुको व्यवस्थापनसमेत गर्दछ ।
यो मासिक आम्दानीको हिसाबले बनाउन सकिने वित्तीय साक्षरता प्रशिक्षक उमा बोहरा बताउँछिन् । नेपालवाचले उत्पादन गर्दै आएको कार्यक्रम कुरा पैसाकोमा उनले पारिवारिक बजेटले पारिवारको भविष्य सुरक्षित बनाउने सुनाइन् । यसले खर्चमा अनुशासन कायम गर्ने उनको भनाइ छ ।
बोहराका अनुसार पारिवारिक बजेट बनाउन सुरुमा आम्दानीको लेखाजोखा गर्नुपर्छ । त्यसपछि कहाँ, कति खर्च गर्ने भन्ने निर्धारण गर्नुपर्छ । आम्दानी र खर्चको लेखाजोखापछि कति पैसा बाँकी रहन्छ त्यो बचतमा राख्नुपर्छ ।
टेलिभिजन कार्यक्रम कुरा पैसाको नयाँ अंकमा प्रस्तोता भुवन दहालले वित्तीय साक्षरता प्रशिक्षक उमा बोहरासँग पारिवारिक बजेट निर्माणको पेरिफेरीमा रहेर कुराकानी गरेका छन् । कार्यक्रममा आम्दानी र खर्चको व्यवस्थापन, बचतको महत्व, बजेट निर्माणका विधिलगायत विषय पनि समेटिएको छ ।
कार्यक्रममो पूरा भिडियो हेर्न तलको लिंकमा जानुहोस् :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया