भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ४ नेपालीको सनाखत
काठमाडौं । भारतको महाराष्टमा बुधबार भएको पुष्पक एक्सप्रेसको रेल दुर्घटनामा ज्यान गुमाएका १३ मध्ये ४ नेपाली रहेको पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले सरकारी अधिकारीलाई उद्धृत गर्दै ४ नेपालीको सनाखत भएको जनाएका छन् । ज्यान गुमाउनेहरूमा लछिराम पासी, नन्दराम विश्वकर्मा, कमला भण्डारी र हिमु विश्वकर्मा छन् ।
मृतक १३ मध्ये ६ जनाको अझै सनाखत हुन सकेको छैन ।
बुधबार पुष्पक एक्सप्रेसको रेल चलिरहेका बेला त्यसमा आगलागी भएको अफवाह फैलिएको थियो । त्यसपछि एक यात्रुले आकस्मिक रूपमा रेल रोक्न प्रयोग गरिने सिक्री तानेका थिए । रेल रोकिएपछि यात्रुहरू अर्को लिकतर्फ भाग्ने क्रममा विपरीत दिशाबाट आएको रेलको ठक्करबाट १३ जनाको मृत्यु भएको थियो । रेल मोडमा रोकिएका कारणले पनि ठूलो मानवीय क्षति हुन पुगेको बताइएको छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया