भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ४ नेपालीको सनाखत
काठमाडौं । भारतको महाराष्टमा बुधबार भएको पुष्पक एक्सप्रेसको रेल दुर्घटनामा ज्यान गुमाएका १३ मध्ये ४ नेपाली रहेको पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले सरकारी अधिकारीलाई उद्धृत गर्दै ४ नेपालीको सनाखत भएको जनाएका छन् । ज्यान गुमाउनेहरूमा लछिराम पासी, नन्दराम विश्वकर्मा, कमला भण्डारी र हिमु विश्वकर्मा छन् ।
मृतक १३ मध्ये ६ जनाको अझै सनाखत हुन सकेको छैन ।
बुधबार पुष्पक एक्सप्रेसको रेल चलिरहेका बेला त्यसमा आगलागी भएको अफवाह फैलिएको थियो । त्यसपछि एक यात्रुले आकस्मिक रूपमा रेल रोक्न प्रयोग गरिने सिक्री तानेका थिए । रेल रोकिएपछि यात्रुहरू अर्को लिकतर्फ भाग्ने क्रममा विपरीत दिशाबाट आएको रेलको ठक्करबाट १३ जनाको मृत्यु भएको थियो । रेल मोडमा रोकिएका कारणले पनि ठूलो मानवीय क्षति हुन पुगेको बताइएको छ ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया