जनताले माओवादीसँग धेरै आशा गरेका छन्, सरकार ढाल्नेतिर लाग्दैनौं : प्रचण्ड
तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको बताएका छन् ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उनले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताए ।
“जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौं,” उनले भने ।
सत्तारुढ राजनीतिक दलहरूमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्च्याएर अगाडि बढ्ने उनले जोड दिए । साथै उनले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताए ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया