कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ
बनियानी । जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।
बीउ वितरक फार्म (एग्रो) का प्रमुख मानप्रकाश सङ्ग्रौलाले दुई हजार चार सय किलो धानको बीउ छुटमा वितरण गरिएको बताए । हल्दिनाथ–१, धानको बीउ स्थानीय मौसम र माटोको अनुकूल भएकाले कृषकले उत्पादन वृद्धि गर्नसक्ने उनको भनाइ छ।
“उन्नत जातको बीउ उपलब्ध गराएर कृषकलाई उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्दै आएका छौं,” उनले भने, “यसबाट कृषकले राहत पाउनुका साथै कृषि कर्ममा लाग्न सहयोग पुग्ने विश्वास छ ।”
गत वर्ष एग्रोले वितरण गरेको बीउबाट बढी धान उत्पादन गरेका ११ जना कृषकलाई सम्मानसमेत गरिएको छ । तिलरुपा बराल, बोलप्रसाद दङ्गाल, रोमा विष्ट, पार्वता भण्डारी, शान्तकुमार ढुङ्गेल, टङ्कनाथ धमला, दुर्गा लामिछाने, यशोदादेवी निरौला, नरमाया लामिछाने, अर्पणा कट्टेल बराल र वासना ढुङ्गेललाई सम्मान गरिएको हो ।
कार्यक्रममा अखिल नेपाल महिला सङ्घ कचनकवलकी अध्यक्ष उत्कृष्ट कृषक अर्पणा कट्टेल बरालले एग्रोबाट उपलब्ध बीउको प्रयोगबाट उत्पादनमा वृद्धि भएको अनुभव सुनाए । यस्ता कार्यले कृषकलाई सहयोग हुनुका कृषिमा आत्मनिर्भर हुन प्रोत्साहन गर्ने उनको भनाइ छ ।
किसानको मेहनतले मात्र उत्पादन वृद्धि नहुने भएकाले उन्नत बीउ प्रयोगले उत्पादनमा सकारात्मक परिणाम आउने स्थानीय लक्ष्मी बजगाईंले बताए । सरोकार भएका निकायले कृषि कर्ममा लागेकालाई प्राविधिक, अनुदानलगायत सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया