फागुन दोस्रो सातादेखि केपी ओली कप फुटबल प्रतियोगिता हुुने
काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा उपाधि विजेता टोलीले रु १५ लाख ११ हजार १११ पाउनेछ भने उपविजेताले रु पाँच लाख पाउनेछ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही रु ५० हजार पाउने छन् । प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले रु १५ हजार पाउनेछ । त्यस्तै हरेक खेलको विजेता टोलीले रु २५ हजार पाउने छन् । उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोमा हुनेछन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया