आज ल्होछार मनाउँदै तामाङ समुदाय
काठमाडौं । तामाङ समुदायले आज आफ्नो नयाँ वर्ष ल्होछार मनाउँदै छन् । ल्होछार हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ ।
सोनाम ल्होछार मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ ।
१२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार ल्होछार पर्व मनाइन्छ ।
ल्होछार पर्वमा तामाङ समुदायले भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।
यो पर्व तामाङका अतिरिक्त ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायतले पनि मनाउने गरेका छन् ।
ल्होछारका अवसरमा विगत वर्षजस्तै यस वर्ष पनि विविध कार्यक्रमहरू आयोजना गरिएका छन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरिएको छ ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया