आर्सनलसँग सिटीको लज्जास्पद हार
काठमाडौं । प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार सम्पन्न खेलमा आर्सनलले सिटीमाथि ५–१ गोलान्तरको फराकिलो जित निकालेको हो ।
पहिलो हाफमा आर्सनलले १ गोल गरे पनि दोस्रो हाफमा गोलको वर्षा गराएर सिटीलाई निरीह पारिदियो ।
सिटीका लागि मार्टिन ओडेगार्डले २ मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफमा त्यसपछि दुवै टिमले गोल निकाल्न सकेनन् ।
दोस्रो हाफमा आर्सनलले सनसनीखेज प्रदर्शनी गर्दै चार गोल ग–यो । थोमस पार्टी, माइलस लेविस स्केली, कै हाभेर्टज र इथानले क्रमशः ५६औं, ६२औं, ७६औं र अतिरिक्त समयको ९३औं मिनेटमा आर्सनलका लागि गोल गरेका हुन् ।
सिटीका हल्याण्डले ५५औं मिनेटमा टिमका लागि एक सान्त्वना गोल गरे ।
योसँगै १४ खेलमा अपराजित रहँदै आर्सनलले २४ खेलबाट ५० अंक जोडेको छ भने सिटी ४१ अंकसहित चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ५६ अंक छ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया