भैंसीको आक्रमणबाट सिन्धुलीमा वृद्धको मृत्यु

कमलामाई । सुनकोशी गाउँपालिका–३, नौबीसेमा भैंसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीको आक्रमणबाट बिहीबार बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैंसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो।
प्रतिक्रिया