कहाँ–कहाँबाट आज निस्कँदैछ राजाको स्वागतमा जुलुस ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललगायत राजावादी दल र संगठनले आइतबार राजसंस्था पुनर्स्थापनाको पक्षमा प्रदर्शन गर्न लागेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता लामो बसाइ सकेर आइतबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्कंदैछन् । सोही कार्यक्रमको छेको पारेर राजावादीहरूले उनको समर्थनमा प्रदर्शन गर्न लागेका हुन् ।
विमानस्थलमा दिउँसो ३ बजे ओर्लने पूर्वराजा ज्ञानेन्द्रलाई त्यहाँ स्वागत गरेर नाराबाजी गर्दै निर्मल निवास पु–याउने राजावादीहरूको कार्यक्रम छ । त्यसअघि उनीहरूले विभिन्न स्थानबाट जुलुस तथा –याली निकाल्दैछन् ।
काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुनबाट दिउँसो –याली निकालिनेछ । ती सबै स्थानबाट निकालिएका र्याली तिनकुने हुँदै विमानस्थलतर्फ अगाडि बढ्ने छ ।
त्यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोटबाट पनि पूर्वराजाका समर्थकहरू प्रदर्शनमा उत्रँदैछन् । यो क्षेत्रबाट निस्कने जुलुसलाई महाराजगञ्ज, चाबहिल हुँदै गौशालामा भेला गराउने र त्यहाँबाट विमानस्थलतर्फ अगाडि बढाउने तयारी छ ।
यसका अतिरिक्त कलंकी, बल्खु, जावलाखेल, चापागाउँ, च्यासललगायत स्थानबाट पनि –याली निकालिनेछ ।
राजाका पक्षमा वहृत् प्रदर्शनको तयारी अघि बढाइएपछि सरकारले आइतबार बिहानैदेखि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया