सिञ्जामा स्वास्थ शिविर : महिलाको पाठेघरदेखि मधुमेहसम्मको जाँच
जुम्ला । सिञ्जा गाउँपालिकामा सञ्चालित स्वास्थ शिविरबाट २७३ जना लाभान्वित भएका छन् ।
वडा नं २ वडा अन्तर्गत विष्टवाडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको हो । जनस्वास्थ्य कार्यालयको सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको समन्वय एवं गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए ।
नसर्ने रोगसम्बन्धी उच्च रक्तचाप, मधुमेह र महिलाको पाठेघरको क्यान्सरको जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । सो निःशुल्क स्वास्थ्य शिविरबाट २११ महिला र ६२ पुरुषको स्वास्थ्य जाँच गरिएको छ ।
महिलाको पाठेघर परीक्षण १४४, रिङ पे्रसरी प्रयोग गरेका सात महिला र पाठेघरको अप्रेशन गर्नुपर्ने दुई महिला रहेको स्वास्थ्य शाखा संयोजक रोकायाको भनाइ छ । पाठेघरसम्बन्धी समस्या भई थप उपचार गर्न २६ महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सिफारिस गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया