पुस्तक बेचेर महावीर पुनले एक महिनामै कमाए १ करोड
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ बिक्रीबाट एक महिनामै एक करोड आम्दानी गरेका छन् ।
पुस्तक बिक्रीबाट भएको आम्दानी वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि खर्च गर्ने घोषणा गर्दै देश दौडाह गरेका उनले त्यसको बिक्रीबाट अनपेक्षित आम्दानी गरेका हुन् ।
सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै पुनले पुस्तक बिक्री गरेर आफूले मासिक सरदर ७० लाखदेखि १ करोड रूपैयाँसम्म आम्दानी गरिरहेको बताए ।
‘किताब बेचेर सरदर महिनाको रु. ७० लाखदेखि १ करोड रूपैयाँसम्म पो कमाइ हुन्छ हाउ,’ पुनले प्रशन्नता प्रकट गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
राष्ट्रिय आविस्कार केन्द्र स्थापना गरेर वैज्ञानिक अध्ययन तथा अनुसन्धानमा क्रियाशील पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्य राखेका छन् । त्यही उद्देश्य पूरा गर्न उनले आफ्नो आत्मकथा पुस्तक प्रकाशन गराएका थिए । यसबाट उनले हालसम्म करोडौं आम्दानी गरिसकेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया