सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै
जुम्ला । नेपाली ‘खस’ भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यतालाई विश्वसम्पदाको सूचीमा राख्नका लागि अध्ययन टोली यहाँ पुगेको छ ।
केन्द्रीय पुरातत्व विभागको टोली यहाँ पुगेर विश्वसम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन तथा स्थानीयसँग छलफल गरिरहेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
सिञ्जा सभ्यताको ऐतिहास, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले यहाँका स्थानीयसँग छलफल गरिरहेको छ । उनले भने, “विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेतृत्वको टोली सिञ्जा उपत्यकामा पुगेर अध्ययन थालेको हो ।”
टोलीले यस क्षेत्रको हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकालगायत स्थानमा रहेका सभ्यताका बारेमा छलफल थालेको अध्यक्ष धितालको भनाइ छ ।
“सिञ्जा गाउँपालिकामा पुरातत्व विभागको टोली पहिलो पटक जुम्ला आइपुगेको हो,” प्रधानाङ्गले भने, “सिञ्जालाई विश्वसम्पदा सूचीमा राख्ने विषयमा यहाँका स्थानीय, स्थानीय सरकार र सरोकार भएका निकायका प्रतिनिधिसँग पहिलो चरणमा छलफल भएको छ ।”
सिञ्जालाई विश्वसम्पदा सूची राख्न सबैको सुझाव आएको बताउँदै उनले आधुनिक विकासका नाममा प्राचीन सभ्यता मास्ने कार्य रोक्नुपर्नेमा जोड दिए । पुरातत्व विभागले मुलुकका १५ वटा नयाँ क्षेत्र विश्वसम्पदा सूचीमा राख्न तयारी थालिरहेको छ ।
कर्णाली प्रदेशका सिञ्जा सभ्यता र दैलेखको दुल्लुका २२ देवल पनि रहेका छन् । विभागले सिञ्जालाई विश्वसम्पदा सूचीमा समावेश गर्ने काम अघि बढाएको विभागका महानिर्देशक प्रधानाङ्गको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले सिञ्जालाई विश्वसम्पदा सूचीमा राख्न विभागसँग पहल थालिएको बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया