कुलमान हटाउने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध मंगलबार बिहान प्रदर्शन भएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको प्रदर्शनीमार्गमा सरकारले गरेको निर्णयविरुद्ध प्रदर्शन गरेका हुन् ।
यसक्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै कुलमान हटाउने निर्णय फिर्ता लिन माग गरेका थिए ।
विद्यार्थीहरूले ऊर्जा मन्त्री दीपक खड्काको पुत्लासमेत जलाए । मन्त्रीको पुत्ला दहनपछि प्रहरीले हस्तक्षेपको प्रयास गर्दा केहीबेर तनावसमेत भएको थियो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गोप्य राखेको निर्णय मन्त्रीले सार्वजनिक गरिदिएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया