नबिल बैंकका नवनियुक्त कामु सीइओ मनोज ज्ञवाली को हुन् ? चिनौं
काठमाडौं । नबिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् ।
नबिल बैंक सीइओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको हो । यसअघि उनी नबिल बैंकमा डेपुटी सिईओको जिम्मेवारीमा थिए ।
काे हुन उनी ?
कर्णाली प्रदेश, दैलेख जिल्लाको ग्रामीण भेगमा २०३४ साल वैशाखमा जन्मिएका ज्ञवाली अढाइ दशकभन्दा बढी बैंकिङ र अडिटिङ क्षेत्रमा सक्रिय चार्टर्ड अकाउन्टेन्ट हुन् । ज्ञवालीले पाँच वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेका छन्। त्यसपश्चात् सात वर्ष ग्लोबल आइएमई बैंकमा बिताएका उनले त्यहाँ रहँदा ब्राञ्च म्यानेजरका अलावा चिफ फाइनान्सियल अफिसर र चिफ अपरेटिङ अफिसर जस्तो महत्वपूर्ण जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।
ज्ञवालीले ग्लोबल आइएमई क्यापिटलमा संचालक तथा प्रबन्ध संचालकको अनुभव पनि लिएका छन् । त्यस्तै उनले दुई वर्ष डिसिईओ र दुई वर्ष सिईओ भएर ज्योति विकास बैंकको नेतृत्व पनि गरेका छन् ।
यसबाहेक उनीसँग विभिन्न कलेजहरूमा पढाएको अनुभव पनि छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ब्रिटिस कलेज, नेपाल कलेज अफ म्यानेजमेन्ट, काठमाडौं कलेज अफ म्यानेजमेन्टलगायत उनले अध्यापन गरेमध्येका कलेजहरू हुन् ।
भारतस्थित द इन्स्टिट्युट अफ चार्टड अकाउन्टेन्सबाट सिए पास गरेका ज्ञवाली विभिन्न अवार्डहरुबाट सम्मानित भएका छन् । उनी दैलेखको प्रथम चार्टर्ड एकाउन्टेन्टको रूपमा दैलेख सेवा समाजद्वारा सम्मानित भएका छन् । त्यस्तै उनी फोकस नेपालद्वारा ‘राष्ट्रिय सेवा सम्मान २०७४’, नागरिक एकता समाजद्वारा ‘आर्थिक सेवा सम्मान-२०७५’, बैंकिङ लिडरसीप अवार्ड २०७४ बाट सम्मानित भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया