राजधानीमा सुरू भयो गणतन्त्रको पक्षमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज एकैदिन गणतन्त्रवादी र राजावादी संगठनले प्रदर्शन सुरु गरेका छन् ।
नेकपा (माओवादी केन्द्र), एकीकृत (नेकपा समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी आबद्ध समाजवादी मोर्चाले गणतन्त्र तथा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राजसंस्थाको पक्षमा फरक-फरक स्थानमा प्रदर्शन सुुरु गरेका हुुन् ।
उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो उपस्थिति देखिएकाे छ । समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ भने राजतन्त्र पक्षले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् ।
दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । प्रदर्शनमा सवारी साधन निधेष गरिएको छ भने काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तस्बिरमा हेनुहोस् गणतन्त्रको पक्षमा भएको प्रदर्शन :
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम










प्रतिक्रिया