उपत्यकाको सुरक्षा व्यवस्था कस्ताे छ ?
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।
काठमाडौँका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए ।
उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको उनले बताए ।
उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ । त्यसैगरी राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् । दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधरण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया