अर्थतन्त्र सुधार्न कस्तो गभर्नर चाहिन्छ ?

काठमाडौं । गभर्नर महाप्रसाद अघिकारीको कार्यकाल यहि चैत अन्तिम साता टुंगिदै छ । अधिकारीको कार्यकालसँगै देशले नयाँ गभर्नर पाउँदैछ ।
नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर नियुक्तिको लागि कमिटि गठन गरीसकेको छ । अहिले गभर्नर को बन्छ भन्ने विषयले पनि चर्चा पाएको छ । गभर्नर बन्ने दौडधुुपमा बैंकका सिइओदेखि राष्ट्र बैंकका निर्देशकसम्म लागिपरेका छन् ।
पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल अब आउने गभर्नर मुुलुुकको हितमा काम गर्ने हुुनुपर्ने बताउँछन् । ‘हाम्रो जस्तो मुुलुकमा गभर्नरलाई उच्च तहबाट प्रेसर हुन्छ । यो प्रेसरलाई सन्तुुलन मिलाउन सक्ने हुनुपर्छ ।
उनले कुरा पैसाकोमा भने,‘आउने मान्छेले उच्च तहबाट भनेको कुरा जे पनि मान्छु भन्ने सोच ले आउँदा यसले संस्थालाई बिग्रार्छ ।’ उनी अर्थतन्त्रको सुधार गर्ने गरी काम गर्ने गभर्नर आवश्यक रहेको ठान्छन् ।
नयाँ गभर्नरले मुुद्रा स्फिती कम गर्न पहल गर्नसक्नुपर्ने, उच्च नैतिक चरित्र, निर्णय गर्नेसक्ने क्षमता भएको व्यक्ति हुनुपर्ने उनले बताए ।
अब कस्तो गभर्नर नियुक्त हुुँदा अर्थतन्त्रको सुधार हुन्छ ? कसरी काम गर्नुपर्छ ? नेपालवाचको टेलिभिजन कार्यक्रम कुरा पैसाको यो पटकको श्रृंखालामा हामीले पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालसँग छलफल गरेका छौं ।
छलफलकाे पूरा भाग हेर्न तलकाे लिंकमा जानुहाेस् :
प्रतिक्रिया