पाठेघर परीक्षण : महिलामा पाठेघरको मुखको क्यान्सरदेखि पाठेघर खस्ने समस्या
चितवन । जिल्लाका विभिन्न स्थानमा गरी ६११ महिलाको पाठेघरको परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालयले जिल्लाको छ स्थानमा गरेको नसर्ने रोग परीक्षण अभियानमा उनीहरुको पाठेघरको मुखको क्यान्सर तथा नसर्ने रोगको परीक्षण गरिएको हो ।
कार्यालयकी पब्लिक हेल्थ नर्स निरीक्षक नन्दकली चापागाइँका अनुसार राप्ती नगरपालिकाको लोथर, रत्न नगरपालिकाको बछौली, भरतपुर महानगरपालिकाको मेघौली र गौरीगञ्ज, माडी नगरपालिकाको रमाइलोडाँडा तथा कालिका नगरपालिकाको सिद्धिमा परीक्षण गरिएको थियो । सो क्रममा ५३१ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो भने अन्यको पाठेघरमा भएका विभिन्न समस्याको परीक्षण गरिएको चापागाईंले बताइन् ।
उनका अनुसार परीक्षण गरिएकामध्ये चारजनामा पाठेघरको मुखको क्यान्सर देखिएको र तीनजनामा क्यान्सरको आशङ्का गरी परीक्षणका लागि पठाइएको छ । यस्तै, दुईजनामा स्तन क्यान्सर, छ जनाको पाठेघर खसेको पाइएको र उनीहरुको उपचार गराइएको छ । छजनाको पाठेघरको शल्यक्रियाका लागि पठाइएको, चारजनामा पाठेघरको मुखमा घाउ भएको पाइएको, नौ महिलाको पिसाब थैली तल झरेको पाइएको चापागाईंले बताए ।
उनका अनुसार चारजनाको मलद्वारबाहिर निस्किएको, १८ जनामा पाठेघर तल झर्नसक्ने देखिएकाले फिजियोथेरापी सिकाइएको छ । स्वास्थ्य सेवाको प्रभावकारी पहुँच नपुगेका समुदायमा यस्तो बढी सङ्ख्यामा पाइएको उनले जानकारी दिइन् । ग्रामीण क्षेत्र र पहाडी क्षेत्रमा समस्या बढी रहेको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया