लगानी व्यवस्थापन सेवा : कस्ता लगानीकर्तालाई उपयुक्त ?

काठमाडौं । आफूसँग भएको पैसा सेयर बजारमा लगानी गरेर मुनाफा कमाउने सोच आएको छ ?
तर पैसा भएर पनि सेयर बजारबारे ज्ञान वा समय अभावका कारण लगानी गर्न सकिरहनु भएको छैन भने तपाइहरुको लागि उपयुक्त हुनसक्छ पिएमएस अर्थात लगानी व्यवस्थापन सेवा ।
सेयर बजारबारे राम्रो ज्ञान भएका र नभएका दुवै किसिमका लगानीकर्तालाई यो सेवाले समेट्छ । मर्चेन्ट बैंकहरुले दिने यस सेवामा फण्ड म्यानेजरले तपाईको पैसा सेयर बजारमा लगानी गरिदिन्छन् । कम्पनीको वित्तिय अवस्था र विवरणपत्र विश्लेषण गरेर कम्पनी छनौट गरी दक्ष जनशक्तिले लगानी गरिदिने हुँदा सेयर बजारको ज्ञान नभएका र हल्लाको पछि लागेर बजारमा लगानी गर्ने व्यक्ति यो सेवा लिएर सुरक्षित हुन सक्छन् ।
लगानीकर्ताले आफ्नो लगानी कस्तो ठाउँमा भइरहेको छ ? कत्तिको नाफा नोक्सान छ ? भन्ने जानकारी आफैले पनि लिन सक्छन् । यसको लागि मेर्चेन्ट बैंकरहरुले लगानीकर्ताहरुलाई पोर्टफोलियोको हेर्न लगइन आइडि दिएका हुनछन् ।
यो सेवा लिने हो भने केही कागजातहरु आवश्यक हुन्छ । लगानी व्यवस्थापन सेवामा आवद्ध हुन सम्बन्धित व्यक्ति स्वयंम नै उपस्थित भई केवाइसी फर्म भनुपर्ने हुन्छ । यसका लागि नागरिकता, फोटो प्यान कार्ड, राष्ट्रिय परिचयपत्रलगायत कागजात आवश्यक पर्छ । यदि इच्छ्याएको व्यक्ति राख्ने भए सो व्यक्तिको पनि व्यक्तिगत विवरण चाहिन्छ ।
यति गरेपछि तपाइले लगानी व्यवस्थापनसम्बन्धि सम्झौता गर्नुपर्ने हुन्छ । त्यसपछि, लगानी व्यवस्थापनको लागि तपाईले पोर्टफोलियो म्यानेजरलाई लगानी गर्न चाहनुभएको रकम बैंक ट्रान्सफर गर्न सक्नु हुन्छ वा आफुसँग भएको सेयर ट्रन्साफर गर्न सक्नु हुन्छ । यदि तपाईं आफूसँग भएको सेयर र बैंक ट्रन्साफर दुवै गर्न चाहनुहुन्छ भने त्यो पनि गर्नुसक्नुहुन्छ ।
नेपालवाचको टेलिभिजन प्रस्तुति कुरा पैसाको नयाँ अंकमा प्रस्तोता निरज गिरीले सिद्धार्थ क्यापिटलका चिफ अपरेटिङ अफिसर मुक्तिनाथ सुवेदीसँग लगानी व्यवस्थापन सेवामा केन्द्रित भएर छलफल गरेका छन् ।
लगानी व्यवस्थापन र यसले सेवाग्राहीलाई पुर्याउने फाइदाबारे अझ स्पष्टसँग बुझ्न यो भिडियो हेरौं :
प्रतिक्रिया