सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते
किमाथाङ्का । जिल्लाको खाँदबारी नगरपालिका–९, साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९, साठीमुरेमा एकै परिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी वविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका छन् । उनीहरू सबैको जिल्ला अस्पताल, सङ्खुवासभामा उपचार भइरहेको छ । अस्पतालका अनुसार, उपचाररत चारै जना खतरामुक्त छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया