कालीकोटमा ट्र्याक्टर दुर्घटना, चालकसहित ४ जनाको मृत्यु
काँक्रेविहार । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९, थिर्पुबाट पलाँता–४, छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता–२, बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा ट्र्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५, कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५, सल्लीकोटकी उमेर नखुलेकी अन्दाजी २५–२६ वर्षीय अम्बा शाही छन् ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको सो कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार दुर्घटनाग्रस्त ट्र्याक्टर सडकभन्दा तल अप्ठेरो भीरमा अड्किएको छ । शवहरु भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया