गाजाको अस्पतालमा इजरायली हमला, २८ जनाको मृत्यु, दर्जनौं घाइते
काठमाडौं (एजेन्सी) । खान युनिसस्थित युरोपेली अस्पतालमा इजरायली हवाई हमला हुँदा २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीका एक प्रवक्ताले यो जानकारी दिएका हुन्।
स्थानीय स्रोतका अनुसार, गाजाको उक्त अस्पतालमा इजरायली लडाकु विमानहरूले एकैसाथ ६ वटा बम खसालेका थिए, जुन अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा परेका थिए।
इजरायली सेनाले भनेको छ कि उसले ‘कमाण्ड र कन्ट्रोल सेन्टरमा रहेका हमास आतङ्कवादीहरूमाथि सटिक हमला’ गरेको हो। इजरायलले उक्त सेन्टर अस्पतालमुनि रहेको दाबी गरेको छ ।
गाजामा बिबिसीका लागि काम गरिरहेका एक फ्रिल्यान्स पत्रकार पनि यस हवाई हमलामा घाइते भएका छन्। यद्यपि, उपचारपछि उनको अवस्था स्थिर रहेको बताइएको छ।
इजरायल र हमासबीच अक्टोबर ७, २०२३ देखि सुरु भएको यस संघर्षमा अहिलेसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया