सातापछि आइपिएल सुरु हुँदै, वर्षाले पहिलो खेल प्रभावित
काठमाडौं । एक हप्ताको रोकपछि आजदेखि इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुँदैछ ।
भारत–पाकिस्तान द्वन्द्वका कारण एक हप्तासम्म रोकिएको आइपिएलको पहिलो खेल वर्षाका कारण प्रभावित भएको छ ।
यो खेल बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा शनिबार अर्थात् आज साँझ साढे सात बजेदेखि हुने तय थियो। तर, बेंगलुरुमा भइरहेको वर्षाका कारण टसमा ढिलाइ भएको छ।
आईपीएलको यो खेल रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच हुनेछ।
आईपीएलको अंक तालिकामा गुजरात टाइटन्स १६ अंकका साथ शीर्ष स्थानमा छ। त्यस्तै, आरसीबी १६ अंककै साथ दोस्रो स्थानमा छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया