गौशालामा बस दुर्घटना, ८ सवारी साधन ठोक्किए

काठमाडौं । काठमाडौँ गौशालामा बस दुुर्घटना भएको छ ।
बस अनियन्त्रित भएर अन्य ८ वटा सवारी साधनसमेत दुुर्घटनामा परेका छन् । दुुर्घटनामा ३ जना घाइते भएका छन् । उनीहरुको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
गौशालाबाट तिलगंगा जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित हुँदा अन्य सवारी साधनलाई एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई काठमाडौँको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका-२ भई हाल टोखा बस्ने २२ वर्षीय विकाश कट्टेल र खोटाङ हलेसी टुवाचुङ नगरपालिका-५ घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया