गौशालामा बस दुर्घटना, ८ सवारी साधन ठोक्किए
काठमाडौं । काठमाडौँ गौशालामा बस दुुर्घटना भएको छ ।
बस अनियन्त्रित भएर अन्य ८ वटा सवारी साधनसमेत दुुर्घटनामा परेका छन् । दुुर्घटनामा ३ जना घाइते भएका छन् । उनीहरुको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
गौशालाबाट तिलगंगा जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित हुँदा अन्य सवारी साधनलाई एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई काठमाडौँको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका-२ भई हाल टोखा बस्ने २२ वर्षीय विकाश कट्टेल र खोटाङ हलेसी टुवाचुङ नगरपालिका-५ घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया