तीन वटा निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । तीन निर्माण कम्पनी सरकारको कालोसूचीमा परेका छन् ।
सम्झौताअनुसार काम नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई सरकारी खरिद प्रक्रियामा सामेल हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेकाहरूमा यज्ञश्वरी निर्माण सेवा, एसिएन कन्स्टक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि र न्यु तुलसी निर्माण सेवा रहेका छन् । यज्ञश्वरीलाई २ वर्ष, एसियनलाई एक वर्ष ६ महिना र न्यु तुलसीलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।
उनीहरूलाई क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्की र पूर्वाधार विकास कार्यालय सल्यानको सिफारिसमा कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कुनै पनि सरकारी निकायले कालोसूचीमा राख्न सिफारिस गरेर पठाएमा स्पष्टीकरण सोधेर तिनलाई कालोसूचीमा राख्ने अधिकार कार्यालयलाई छ ।
प्रतिक्रिया