NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

लखनउलाई हराउदै रोयल च्यालेन्जर्स दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जाइन्टलाई पराजित गर्दै दोस्रो स्थानमा रहदै प्लेअफ खेल्ने भएको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको २२८ रनको लक्ष्य पछाएको बैंगलुरुले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा जितेश शर्माले ३३ बलमा अविजित ८५ रनको शानदार पारी खेलेका थिए । त्यस्तै विराट कोहलीले ५४, मयंक अग्रवालले ४१ र फिल साल्टले ३० रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गर्दै लखनउले २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो । लखनउका लागि ऋषव पन्तले ११८ रनको शतकीय पारी खेलेका थिए भने मिचेल मार्शले ६७ रन बनाएका थिए ।

यो जितपछि बैंगलुरुको १४ खेलमा १९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । अब बैंगलुरुले प्लेअफमा पञ्जाव किंग्ससँग पहिलो क्वालिफायर खेल्ने भएको छ । त्यस्तै गुजरात टाइटन्स तेस्रो स्थानमा झरेको छ र मुम्बई इण्डियन्ससँग इलिमिनेटर खेल्ने भएको छ । अब प्लेअफका खेल विहिबारदेखि शुरु हुने छन् । विहिबार पहिलो क्वालिफायर पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्ने छन् । यो खेलमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।

त्यस्तै शुक्रबार इलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्स खेल्ने छन् । यो खेलमा विजयी हुने टिम दोस्रो क्वालिफायर खेल्ने छ र पराजित हुने टिम बाहिरिने छ । दोस्रो क्वालिफायर खेल आइतबार र फाइनल खेल मंगलबार हुने तालिका छ ।