पीएसजीले जित्यो पहिलोपटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौं – फ्रेन्च क्लब पीएसजीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
गएराति सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५–० गोल अन्तरले परजित गर्दै पीएसजीले च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
पीएसजीको जितमा डिजिरे डोउएले २ गोल गरेका थिए भने अचरफ हाकिमी, खभिचा कभारात्सखेलिया र सेन्नी मायुलुले एकएक गोल गरेका थिए ।
पीएसजी यसअघि २०२० मा फाइनलमा पुगेर पराजित भएको थियो ।
प्रतिक्रिया