आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ संस्करण फाइनलमा रोयल च्यालेञ्जर्स बैङ्गलोरले पञ्जाब किङ्सलाई १९१ रन लक्ष्य दिएको छ ।
टस जितेर पहिलो इनिङ बलिङ रोजेको पञ्जाबविरुद्ध नरेन्द्र मोदी स्टेडियममा भइरहेको खेलमा बैङ्लोरले ९ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १९० रन जोड्यो ।
आरसीबीका लागि विराट कोहलीले ४३ रन जोडे । पञ्जाबका लागि अर्शदीप सिंह र जेमिसनले ३/३ विकेट लिए ।
यो सिजनको फाइनल नतिजासँगै आईपीएलले नयाँ च्याम्पियन पाउनेछ । सन् २००८ देखि सुरु आईपीएल टुर्नामेन्टमा हालसम्म आरसीबी र पञ्जाबले उपाधि जितेका छैनन् ।
प्रतिक्रिया